तुलसीपुर जाँदै गरेको बसलाई नेपालगन्ज जाने बसले ठक्कर दिँदा दुईको मृत्यु

Posted on: 18 Sep, 2017

असोज २, रुपन्देही । काठमाडौंबाट दाङ्को तुलसीपुरका लागि छुटेको यात्रुबाहक बसलाई नेपालगन्ज जाँदै गरेको बसले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।


सोमबार बिहान रुपन्देहीको देवदह–१० भलुही जंगलमा काठमाडौँबाट दाङ तुलसीपुर लागि छुटेको ना ५ ख ३१५९ नम्बरको बसलाई काठमाडौँबाटै नेपालगन्जका लागि छुटेको ना ७ ख ६५८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ठक्कर दिने बसका सहचालक सल्यान खलंगाका २९ वर्षका सुजन परियार अघिल्लो बसका यात्रु सुर्खेत पञ्चपुरी ५ का ३० वर्षिय भिमबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको ।

गम्भीर घाइते दाङ देउखुरीकी सुमित्रा सुनारको लुम्बिनी अञ्चाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!