दाङमा चौधरी मृत अवस्थामा फेला

Posted on: 21 Sep, 2017

असोज ५, दाङ। दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेको अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरी फेला परेको लमही वडा प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको परीक्षणका लागि लमही अस्पतालमा लगिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!