तुलसिपुरको विकट ठाउँमा हरिबोधनिमा लाग्ने मेला सम्पन्न

Posted on: 31 Oct, 2017

कात्तिक १४, दाङ । परापूर्वकालदेखि नै हरिबोधनि एकादशीको अवसरमा लाग्ने मेला दाङ तुलसिपुर उपमहानगरपालिकाको वडा नम्बर ३ कल्लेराम्रीकोटमा सम्पन्न भएको छ । 

मेलाको अवसरमा कल्लेमा रहेको नवज्योती सांस्कृतीक क्लवले भलिवल खेल प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष विजय बिकले तुलसिपुर उपमहानगरकै विकट र हरेक क्षेत्रमा पछाडी पारिएको आफ्नो वडाको कला, संस्कृती र भौतिक विकासमा लागी पर्ने बताएका थिए । हरेक मेलामा अव संस्कृती संरक्षणका प्रयासहरु हुनुपर्ने उल्लेख गर्दै उनले मेलामा स्थानीय क्लवलाइ २५ हजार रुपैयाँ सहयोगको घोषणा गरे ।

साथै वडा अध्यक्ष विकले यहि वर्ष पैयाँखोरे देखि सातबास, कल्ले सम्म तुलसिपुर उपमहानगरकै सकाभेटर र जेसीवि प्रयोग गरेर जसरि भएपनि मोटरबाटो निर्माण गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ वामपन्थी गठबन्धनबाट उम्मेद्धारमा सिफारिस भएका हिराचन्द्र केसीले बोल्दै संस्कृतीको माध्ययमबाट समाज परिवर्तन गर्न सकिने बताएका थिए । 

उनले खेल क्षेत्रको विकासका लागी भन्दै क्लवलाइ खेल सामग्रीहरु सहगोगको प्रतिबद्धता पनि गरेका थिए । कार्यक्रममा विविध सांस्कृतीक प्रस्तुती राखिएको नवज्योती सांस्कृतीक क्लवका अध्यक्ष राजु थापाले जानकारि दिए । 

विगत १५ वर्ष देखि मेलाको अवसरमा क्लवले सांस्कृतीक कार्यक्रम गर्दै आएको छ । मेलामा दाङका विभिन्न क्षेत्र संगै सल्यान र रोल्पाबाट पनि मानिसहरु जाने गर्दछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!