दाङमा एक कर्मचारीले कार्यालयमै गरे आत्महत्या

Posted on: 04 Feb, 2018

दाङ, २१ माघ | लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । 

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापाले कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!