दाङमा माइतीमा बस्दै आएकी एक महिलामाथि खुकुरी प्रहार

Posted on: 14 Feb, 2018

फागुन २, दाङ । दाङमा खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । 

सोमबार तुलसीपुर ३ राम्रीमा अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट देबकुमारी सिजाली मगर घाइते भएकी हुन् । 

उनले एक महिना अघि रुकुम मुसीकोट १२ कोचे निवसी प्रेमबहादुर वलीसंग सम्बन्ध विच्छेद गरेकि थिइन । 

उनि एक महिना अघि देखि माइतीमा बस्दै आएकी थिइन । प्रहरीले घटनामा पूर्व पतिको संलग्ता रहेको आसंका गरेको छ । 

घाइते महिलाको खुट्टामा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!