दाङमा बोक्सी भन्दै महिला कुटीइन्, लमही अस्पतालमा उपचार हुँदै

Posted on: 05 Mar, 2018

फागुन २१, दाङ | बोक्सी आरोपमा राजपुरमा एक महिलामाथि कुटपिट भएकोछ । कुटाइबाट घाइते महिलाको लमही अस्पतालमा उपचार भइरहेको छ । बोक्सी आरोप लगाउदै राजपुर गाउँपालिका ७ वनकट्टीकी महिलालाई स्थानीय केही व्यक्तिले शुक्रबार साँझ कुटेर सख्त घाइते बनाएको प्रहरीले बताए ।

घटनामा संलग्नलाई कारबाही माग गर्दैशनिबार मौखिक र आइतबार लिखित जाहेरी परको छ । आइतबार नै जाहेरी अनुसार मुद्दा दर्ता भएकोइलाका प्रहरी गढवाका प्रमुख प्रमोद क्षत्रीले बताए । आरोपी मध्ये तीन जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप समेत गराइएकोछ । ‘बोक्सी आरोपमा कुटपिट गरको जाहेरी परको छ । सोही आधारमा मुद्दा दायर भइसकेको छ,’ उनले भने, ‘तीन जनालाई पक्राउपछि अनुसन्धान सुरु भएकोछ । अन्यको भने खोजी भइरहेको छ ।’ बाँकीलाई पनि तत्काल पक्राउ गरी अनुसन्धान थालिने उनले बताए । 

गाउँमा एक महिला बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको आरोप लगाएर आफूमाथि कुटपिट भएको अस्पतालमा उपचाररत पीडित महिलाले बत़ाइन्। ‘म घरमा बसिरहेका बेला एक्कासी केही छिमेकी आएर बाहिर बोलाए । त्यसपछि बोक्सी भनेर जथाभावी कुटे,’ उनले भनिन्, ‘लछारपछार पाररे घाइते बनाए ।’ - कान्तिपुरबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!