दाङमा जिपको ठक्करबाट एकको मृत्यु

Posted on: 21 Mar, 2018

चैत ७, दाङ | घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । 

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो । 

ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!