दाङमा स्कुल बस दुर्घटना

Posted on: 24 Sep, 2018

असोज ८, लमही (रासस) | दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् । 

घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । गाडी चालकको थप उपचारका लागि कोहोलपुर पठाइएको प्रहरीले बताएको छ । 

गाडीले उछिन्न खोज्दा रा१त १९९ नम्बरको स्कुल बस आज साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जानेक्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!