सहुलियतको चामल बिक्री वितरण

Posted on: 05 Nov, 2018

कात्तिक १९, लमही | नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको चामल बिक्री गर्ने योजना बनाएको थियो । 

खाद्य संस्थान दाङका प्रमुख माधव मिश्रका अनुसार कार्यालयबाट सोना मनसुली १३ क्विन्टल र जिरा मसिनो २५ क्विन्टल बिक्री भएको छ । चाडपर्वलाई लक्ष्य गरी संस्थानले असोज १७ गतेदेखि चामल बिक्री शुरु गरेको हो । ग्राहकलाई सस्तोमा उपलब्ध गराउने उद्देश्यले चामल बिक्री शुरु गरिएको हो । 

संस्थान र बजारको चामलको मूल्यमा खासै फरक नभएकाले नागरिकले स्थानीय बजारबाटै चामल खरीद गर्ने गरेको मिश्रको भनाइ छ । संस्थानले जिरा मसिना प्रतिबोरा (२५ किलो) रु एक हजार २९५ तथा सोना मनसुली प्रतिबोरा (३० किलो) रु एक हजार २५० मा बिक्री वितरण गर्ने गरेको छ । संस्थानले सो चामल कात्तिक २८ गतेसम्म बिक्री गर्ने जनाएको छ । यस वर्षदेखि कार्यालयले सहुलियत दरमा चामल बिक्री वितरण गर्न थालेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!