लमहीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 05 Dec, 2018

मङ्सिर १९, घोराही (रासस) | लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!