दाङमा ४ दिनअघि मृत्यु भएका रोल्पाका एक वृद्दको शव अझै उठेन

Posted on: 11 Dec, 2018

मङ्सिर २५, लमही | दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् । चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करीब ६० वर्षीय मानबहादुर पुन मगरको शव फेला परेको थियो । 

उक्त शव अहिले लमही अस्पतालको शव गृहमा राखिएको छ । अहिले आफन्तलाई खबर गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!