दाङमा एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

Posted on: 14 Dec, 2018

मङ्सिर २८, दाङ | दाङको बंगलाचुलीमा गएराती एउटा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो। 

पुनका ७ बर्षिय छोरा कृष्णवहादुर पुन, छोरी अस्मिता पुन र अर्कि छोरी अन्जु पुनको आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घरमा सोलार पड्कीएर आगलागी भएको हो । घरमुली नवराजकी श्रीमती धामी कहाँ गएको बेला घरमा आगलागी भएको र उनिहरुका तीन छोरा छोरी घरमै रहेकाले आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। गएरातीमा परी पशुचौपाया समेत मरेका छन्।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!