दाङमा जीपको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 15 Jan, 2019

माघ १, लमही | दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो । 

मृतक मल्ल सशस्त्र प्रहरीका हबल्दार धर्मजीत मल्लका छोरा हुन् । सिंहका अनुसार चालकले ती बालक कुकुरसँग खेलिरहेको अवस्थामा आफैँ ठोक्किन आउँदा दुर्घटना भएको बयान दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!