दाङको एक होटलमा ३४ वर्षीय युवा मृत फेला

Posted on: 15 Mar, 2019

चैत १, दाङ । दाङ घोराहीको एक होटलमा शुक्रबार विहान एक युवा मृत फेला परेका छन् ।

घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् ।

बिहिबार राती त्यस होटलमा बसेका बाँठ विहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले ढोका फोरेर हेर्दा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव लागिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!