रोल्पाबाट दाङ आउंदै गरेको यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, ३१ जना घाइते

Posted on: 18 Mar, 2019

चैत ४, दाङ | रोल्पा बागमाराबाट आउँदै गरेको ना४ख ६०९४ नंको यात्रुवाहक बस आज घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहको मौलाकोटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी ३१ घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा बसका सहचालक रोल्पा रुन्टिगढी–७ का २३ वर्षीय हर्कबहादुर पुन छन् । घाइतेमध्ये रोल्पा माडी गाउँपालिका–३ बस्ने ६७ वर्षीय इन्द्रबहादुर घर्ती, रोल्पा जौलेपोखरी बस्ने ५५ वर्षीया सम्पुरा डाँगी र तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीया रथा घर्तीको अवस्था गम्भीर रहेकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोलहपुर पठाइएको छ भने अन्य घाइतेको भने घोराहीमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र्र गतिमा रहेको बसले जीपलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको यात्रु दीपक विकले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!