दाङमा आगलागीमा परि एक बालिकाको मृत्यु, एक घर जलेर नष्ट

Posted on: 25 Mar, 2019

चैत ११, दाङ । दाङमा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिता रहेको प्रहरीले जनाएको छ । 

हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई कोरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएको र आगोमा परेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा बुटवल प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

यस्तै, विद्युतको तार सट हुँदा बंगलाचुली गाँउपालिका–८ झिम्डीका फनादर घर्तीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा घरमा रहेका अन्नपात, कपडा जलेर नष्ट भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!