दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

Posted on: 26 Mar, 2019

चैत १२, लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । 

बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग गर्दै स्थानीयवासीले सङ्घर्ष समिति बनाएर विरोध गरेका थिए । अन्य क्षेत्रमा सात मिटर कालोपत्रे, दायाँबायाँ गरी १२ मिटर छाडेकामा हापुरेको शहीदगेटदेखि एक किलोमिटर क्षेक्रफलमा त्यसो नगरेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए । 

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, विद्युत् प्राधिकरण तुलसीपुर शाखाका प्रमुख दीपकजङ्ग चौधारीको सक्रियतामा भएको वार्ताले स्थानीयवासीको माग र मापदण्डअनुसार नै काम गर्ने सहमति भएपछि सोमबारदेखि कामले तीव्रता पाएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!