दाङमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

Posted on: 12 Apr, 2019

चैत २९, दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदीमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ वर्षीय किशोर निरज परियारको मृत्यु भएको हो । बालुवाको ढिस्को खसि पुरिएर गम्भीर घाइते भएका परियारको उपचारको क्रममा मृत्यु भएको इप्रका तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले ट्रेक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!