दाङमा लामखुट्टे धपाउन धुप बालेर सुत्दा आगलागी भइ एक वृद्धको मृत्यु

Posted on: 16 Apr, 2019

बैशाख ३, दाङ । दाङमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।

लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर मृत्यु भएको हो ।

लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएपछि आगो लागेर वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!