दाङ: ‘स्र्माट छोरी’ कार्यक्रम ल्याइयो

Posted on: 17 Jun, 2019

असार २, दाङ  । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । 

आगामी आवदेखि जन्मिएका हरेक छोरीलाई स्मार्ट छोरी कार्यक्रमअन्तर्गत  प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० सयका दरले वार्षिक रुपमा एकमुष्ट रु एक हजार २०० रकम उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई दिइएका पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि  एकमुष्ट उपलब्ध गराइनेछ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि बिहे गरेपछि भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने बताइएको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने नगरप्रमुख पाण्डेले बताउनुभयो ।

यसैबीच उपमहानगरपालिकाले उपप्रमुख महिला सुरक्षा कार्यक्रम पनि लागू  गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि सो कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याएको हो ।  

त्यसैगरी सक्षम महिला, विकासमा पहिला अभियानका लागि महिलाहरुको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई  विकास तथा निर्णय, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा  सहभागिता सुनिश्चित गर्ने नीति ल्याइएको छ । 

यस्तै उपमहानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्ष महानगरभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण गराउने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!