प्रहरी रआफन्तबाटै महिलाहरु बलात्कारको सिकार

Posted on: 23 Jun, 2019

असार ८, दाङ | पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् । दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो । 

यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले छ महीना कैद, रु दुई हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्नुका साथै यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताउनुभयो ।

२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका–११ का महेश भनिने भुवन धिताललाई गत चैत १३ गते बलात्कारको अभियोगमा प्रहरीले पक्राउ ग¥यो । अहिले ती व्यक्ति जबर्जस्ती करणी सम्बन्धी मुद्दामा पूर्पक्षमा छन् । 

सोही अपराधमा घोराही उपमहानगरपालिका–१४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पूर्पक्षमा छन् । एघार वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा छ महीनादेखि बलात्कारगरेको उनीमाथि अभियोग छ । 

यसैगरी ११ वर्षीया बालिकालाई सल्यानबाट दाङ ल्याएर बलात्कार गरेको अभियोग लागेका सल्यानका २२ वर्षीय पुरुषोत्तम दमाइँ पनि पूर्पक्षका लागि कारागारमा छन् । बितेको छ महीनामा दाङमा ४२ बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष ५१ बलात्कार तथा बलात्कारका प्रयासकाघटना भएका थिए । ४२ बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ शाखा प्रतिनिधि जेएन सागरले बताउनुभयो । 

बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ । उक्त अदालतका न्यायधीश हेमन्त रावलले पीडितलाई समयमा न्याय दिन नसकिए न्याय दिनु नदिनु सरह हुनजाने बताउनुभयो ।

“विभिन्न अध्यानले नेपालमा बालिकाको संरक्षण आवश्यक देखिन्छ ।”उहाँले भन्नुभयो,“अपराधीलाई कारागार हाल्नु त छदैछ, समाजलाई नैतिकवान बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।”बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा)बाटै संलग्न भएको पाइन्छ ।  तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय मानबहादुर गुरुङलाई एक ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिका एक प्रौढलाई आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ ।

समाजमा सचेना र जागरण बढेपछि यौन हिंसा बाहिर आउनथालेको महिलाअधिकारकर्मी बताउँछन् । हिजो पुरानो मान्यता थियो, पीडित आफै दोषी हुनुपर्ने अवस्था थियो तर अव समाजमा चेतना बढेको र कानूनी ज्ञान पनि भएकाले  घटना बाहिर आउने गरेको महिला अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!