दाङमा ग्यास चुलो वितरण

Posted on: 16 Jul, 2019

असार ३१, दाङ | गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास वितरण गरिएको छ । वडामा रहेको ६५४ घरधुरीमध्ये गत वर्ष ५००  घरधुरीलाई वितरण गरिएको र यस वर्ष बाँकी रहेका १५४ जनालाई वितरण गरिएको हो । 

वडा नंं ५ मा ग्यास सिलिन्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभएको छ । राजपुरको विकट मानिने सो वडामा धेरैजसोले खाना पकाउन दाउराको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्नुका तथा आगलागीको पनि जोखिम हुने भएकाले सबैलाई ग्यास वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।  

राजपुर गाउँपालिका ग्रामीण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समयदेखि दाउराबाट निस्किने धुवाँबाट क्षयरोग, दम बढ्नुका साथै आगलागीको जोखिम बढेको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो । रु नौ लाख रकममा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!