दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल

Posted on: 10 Aug, 2019

साउन २५, दाङ | दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा  ३२ मतदानस्थल रहने छन् । तुलसीपुर उप–महानगरपालिकाको वडा नं। १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप–निर्वाचनको मिति तय गरेको छ ।

सत्र हजार मतदाता थपिए

दाङमा डेढ वर्षयता १७ हजार२१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको सङ्घीइ र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता थिए । हाल तीन लाख ६२ हजार ९४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ । 

अहिले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरु भएको छ । तत्कालका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको र अन्य काम केन्द्रको निर्देशनअनुसार हुने कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!