दाङमा दस हजार घूससहित शिक्षक पक्राउ

Posted on: 12 Aug, 2019

साउन २७, दाङ  | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दस हजार घूससहित सोमबार एक शिक्षकलाई दाङबाट पक्राउ गरेको छ। अख्तियारको नेपालगञ्जस्थित टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेनाको उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई पक्राउ गरेको हो।

विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्जिनियरिङ प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै उनले एक विद्यार्थीबाट १० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनायो। पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

रुकुमको सिन्ने घर भएका शिक्षक केसी अंग्रेजी शिक्षक हुन्। रुकुमकै विद्यार्थीसँग घोराहीको एक होटलमा पैसा लिइरहेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!