१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

Posted on: 21 Aug, 2019

 भदौ ४, दाङ | देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन ।

 बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो । 

जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!