दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु

Posted on: 24 Aug, 2019

दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो  ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान ७ः१५ बजे उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । रोका शुक्रबार साँझ नाच हेर्न घरबाट निस्केका बताइएको छ । रोकाको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!