दाङमा डुबेर तीन जनाको मृत्यु

Posted on: 06 Sep, 2019

भदौ  २०, दाङ | दाङमा  पानीमा डुबेर तीन जनाको ज्यान गएको छ  । शुक्रवार विहान ७ बजेको समयमा  जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो ।

त्यस्तै सोही गाउँपालिका–४  बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।

यता, घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादु्र गन्धर्वको  पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!