दाङको आयुर्वेद चिकित्सालयमा आगलागी

Posted on: 12 Oct, 2019

असोज २५, दाङ | दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुुरले जानकारी दिनुभयो । 

आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ ।  “अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ”, उहाँले भन्नुभयो, “सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।” आगलागीबाट झण्डै रु एक लाख बराबरको क्षति भएको डा ठाकुरले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।   

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!