दाङमा बसले पैदलयात्रीलाई ठक्कर दिदाँ १ जनाको मृत्यु

Posted on: 04 Dec, 2019

मंसिर १८, दाङ | दाङमा बसले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ |

गढवा  गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको ज्यान गएको हो |

 जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!