दाङमा डोजरको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 16 Jan, 2020

माघ २, दङ | दङमा डोजरको ठक्करबाट एकजनाको मृत्यु भएको छ | जिल्लाको  शान्तिनगर गाउँपालिका १ मा डोजरको ठक्करबाट  ६६ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो |

बुधबार राति  दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्बरको डोजरले शान्तिनगरको हारिचारमा थापालाई ठक्कर दिएको थियो | डोजरको ठक्करबाट थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ |

चालक र डोजर लाई प्रहरीले नियन्त्रणमा लिएको छ | थापाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको च |

यस बिषयमा तपाइको प्रतिक्रिया...!