दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 24 Feb, 2020

फागुन १२, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | 

जिल्लाको  लमही नगरपालिका वडा नं. ६ मा दिउँसो रा ३ प ५७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ | 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!