दाङमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु

Posted on: 16 Mar, 2020

चैत ३, दाङ | दाङमा बसबाट ओर्लंने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ | जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ वर्षीया सुशीला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ |

सोमबार बिहान ८: ४० बजेतिर तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् | उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ |

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!