दाङमा पार्किङ गरी राखिएको बसमा अज्ञात समूह द्वारा आगजनी

Posted on: 19 Mar, 2020

चैत ६, तुलसीपुर | दाङमा पार्किङ गरी राखिएको बसमा आगजनी भएको छ | जिल्लाको तुलसीपुर बसपार्कमा तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ |

 तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले  बताएका छन् | बुधबार राति करिब सवा ११ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ |

प्रहरीका अनुसार,आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ | गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको थियो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!