दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

Posted on: 06 Nov, 2020

कार्तिक २१, दाङ | भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए |

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कात्तिक १४ देखि १८ गतेसम्म उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि कात्तिक १९ मा भेरी अस्पतालमा ल्याइएको थियो। भेरी अस्पताल ल्याएकै दिन उनको मृत्यु भएको श्रेष्ठले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!