देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु

Posted on: 15 Nov, 2020

कात्तिक ३०, दाङ | दाङको देउखुरीमा ट्रकको ठक्करबाट  एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । 

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!