कोरोना संक्रमणबाट दाङका थप दुई जनाको बाँकेमा मृत्यु

Posted on: 04 Dec, 2020

मंसिर १९, दाङ | दाङका थप दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ  | जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो |

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ | यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको हो |

उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो | योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!