दाङमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Posted on: 15 Dec, 2020

मंसिर ३०, दाङ | दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ |

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार दाडको राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी  ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षिय अनिल चौधरीको ज्यान गएको हो |

उपचारको लागी लमही ल्याउँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!