समाज | दाङ्ग - DNG


दाङबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना,२५ घाइते, ४ को अवस्था गम्भीर

Posted on November 12, 2018 | views : 1552 | दाङ्ग - DNG

कात्तिक २६, नवलपरासी । दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको ब

Read More

दाङमा २१ जुवाडे पक्राउ

Posted on November 10, 2018 | views : 2184 | दाङ्ग - DNG

कात्तिक २४, घोराही (रासस) | दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।  गढवा गाउँपालिका–

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14605 | दाङ्ग - DNG

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

देउसी खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ घाइते

Posted on November 08, 2018 | views : 2409 | दाङ्ग - DNG

कात्तिक २२, तुलसीपुर (रासस) | दाङको तुलसीपुरमा देउसीभैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।  दुर्घटनामा परेकामध्ये पाँच जना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई नेपालगञ्ज सिफारिश गरिएको प्रहरीले जनाएको छ ।  घाइतेहरुल

Read More

दाङमा एक पुरुष मृत अवस्थामा फेला

Posted on November 06, 2018 | views : 1434 | दाङ्ग - DNG

कात्तिक २०, दाङ | दाङको तुलसीपुरमा मंगलबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका–१८, माथिल्लो हेमन्तपुरस्थित कुलोमा सोही वडाको धनखनिया बस्ने ५८ वर्षीय बलबहादुर दमाईको शव भेटिएको हो। कुलोको पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको तुलसीपुरस्थित इलाका प्रहरी कार्याल

Read More

सहुलियतको चामल बिक्री वितरण

Posted on November 05, 2018 | views : 1620 | दाङ्ग - DNG

कात्तिक १९, लमही | नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको चामल बिक्री गर्ने योजना बनाएको थियो ।  खाद्य संस्थान दाङका प्रमुख माधव मिश्रका अनुसार कार्यालयबाट सोना मनस

Read More

प्रदेश ५ का लागि छापखाना सम्वन्धि छुट्टै विद्येयक र विदा

Posted on November 05, 2018 | views : 2496 | दाङ्ग - DNG

प्रेम सुनार | कार्तिक –१९, बुटवल । प्रदेश नम्वर ५ को सरकारले  छापखाना तथा प्रकाशन सम्वन्धी छुट्टै विद्येयक बनाउने शैद्धान्तीक अवधारण पत्र स्वीकृत गरेको छ । प्रदेश ५ औद्योगिक व्यवसाय सम्वन्धमा गर्न बनेको विद्येयक स्वीकृत गर्ने निर्णय  स्वीकृत पनि भएको  छ ।   बैठकले संघिय सरका

Read More

दाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने रोल्पाका पुन पक्राउ

Posted on November 01, 2018 | views : 3317 | दाङ्ग - DNG

कात्तिक १५, दाङ | असोज २३ गते दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपी पक्राउ परेका छन् | रोल्पामा रिचार्ज विक्री गरिरहेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाका दलबहादुर पुन रहेका छन् | पुन घटनाको २१ दिनपछि पक्राउ परेका हुन् । पुनले दाङबाट चितवन लैजादै गर

Read More

ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र

Posted on October 31, 2018 | views : 1653 | दाङ्ग - DNG

रीता लामा | कात्तिक १४, घोराही | शहर बढेको छ, जनसङ्ख्या बढेको छ, मान्छेको काम पनि बढेको छ तर परिवारभित्रको सङ्ख्या क्रमश घट्दो छ ।  संयुक्त परिवार निरन्तर एकल परिवारमा परिणत हुदैछन् । फलस्वरुप पछिल्लो समय घरमा भएका वृद्धवृद्धा पनि एक्लिन थालेका छन् । सानो परिवारमा हुने थोरै आफन्त पनि बेफुर्सदिल

Read More

दाङमा एकैदिन चार घरमा चोरी

Posted on October 31, 2018 | views : 1363 | दाङ्ग - DNG

कात्तिक १४, दाङ । दाङको तुलसीपुर बजार क्षेत्रमा एकै दिन चार वटा घरमा चोरी भएको छ। मंगलबार राति तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी केशर वली र पिंकी गुप्ताको घरमा चोरी भएको हो। वलीको घरबाट ३५ हजार नगद र २४ आना सुनको गरगहाना, गुप्ताको घरबाट ४० हजार नगद, ११ आना सुन र केही चाँदीका गरगहना चोरी

Read More

दाङमा कुटपिटबाट ७३ वर्षीय वृद्धको मृत्यु

Posted on October 30, 2018 | views : 1343 | दाङ्ग - DNG

कात्तिक १३, लमही | दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इ

Read More

दाङबाट बुटवल आउँदै गरेको बस दुर्घटना, ३ को मृत्यु ३३ घाइते

Posted on October 29, 2018 | views : 2534 | दाङ्ग - DNG

कात्तिक १२, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् ।  दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दु

Read More

फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर

Posted on October 26, 2018 | views : 1725 | दाङ्ग - DNG

रीता लामा | कात्तिक ९, घोराही | शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ ।  घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मा

Read More

दाङमा एक युवक मृत अवस्थामा फेला, घटना रहस्यमयी

Posted on October 24, 2018 | views : 1481 | दाङ्ग - DNG

कात्तिक ७, दाङ । दाङमा बुधबार बिहान फेरि एक युबकको शब फेला परेको छ । पुरानो भालुबाङ बजारस्थीत जयमाँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन् । मृतकको अहिलेसम

Read More

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

Posted on October 24, 2018 | views : 2028 | दाङ्ग - DNG

कात्तिक ७, लमही | यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ ।  कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।   यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका द

Read More

दाङमा पाँच सय गाडी चालक कारवाहीमा

Posted on October 22, 2018 | views : 1408 | दाङ्ग - DNG

कात्तिक ५, दाङ | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कँुवरले जानकारी दिनुभयो ।  उहाँक

Read More

दाङका सात सयभन्दा बढी मुक्त कमैयाले जग्गा पाए

Posted on October 21, 2018 | views : 1892 | दाङ्ग - DNG

कात्तिक ४, तुलसीपुर (रासस) | दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र च

Read More

पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड

Posted on October 14, 2018 | views : 1413 | दाङ्ग - DNG

असोज २८, दाङ | सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ ।  तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले स

Read More

जनमुखी प्रशासनको आवश्यकता: सभामुख महरा

Posted on October 11, 2018 | views : 2352 | दाङ्ग - DNG

असोज २५, दाङ | सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ ।  प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल

Read More

राप्ती आँखा अस्पतालमा निःशुल्क उपचार सेवा

Posted on October 11, 2018 | views : 1344 | दाङ्ग - DNG

असोज २५, तुलसीपुर | ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  सो अवसरमा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले आज निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जन

Read More

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमती गम्भीर घाइते

Posted on October 11, 2018 | views : 1741 | दाङ्ग - DNG

असोज २५, दाङ । दाङमा बस र मोटरसाइकल एकआपासमा ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् । बिहीबार बिहान दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा ग १ ख ७७०३ नम्बरको बस र रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३९ बर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षीय

Read More

रोल्पा ,प्युठान र भालुवाङ्ग सम्म अब र्याफ्टिङ्गमा ओहर-दोहर

Posted on October 09, 2018 | views : 4349 | दाङ्ग - DNG

प्रेम सुनार | असोज २३, बुटवल । रोल्पाको लुङग्री खोलामा सोमबार देखि र्याफ्टिङ्ग सेवा सुरु भएको छ । उक्त सेवाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन – अनन्त ) ले उद्घाटन गरेका हुन । रोल्पकोको सुनिल स्मृति गाउँपालिका र कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिको साँझेदारीमा र्याफ्टिङ्ग स

Read More

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

Posted on October 09, 2018 | views : 1223 | दाङ्ग - DNG

असोज २३, तुलसीपुर (रासस) | तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।  जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्

Read More

राप्तीमा एक विशेषज्ञसहित चार चिकित्सक थप

Posted on October 08, 2018 | views : 1256 | दाङ्ग - DNG

असोज २२, दाङ | राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो ।  राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा ज

Read More

बाँके दुर्घटना अपडेट: मृतकमध्ये ५ जनाको सनाखत, घाइते १७ जनाकै परिचय खुल्यो (नामावलीसहित)

Posted on October 06, 2018 | views : 3457 | दाङ्ग - DNG

असोज २०, नेपालगन्ज | बाँकेमा भएको सडक दुर्घटनाका मृतकमध्ये ५ जनाको परिचय खुलेको छ भने एक जनाको अहिलेसम्म पहिचान हुन सकेको छैन। त्यसैगरी घाइते १७ जनाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शेरगन्ज जंगलमा

Read More

दाङबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस र ट्रक ठोक्किदा ६ जनाको मृत्यु , १७ यात्रु घाइते

Posted on October 06, 2018 | views : 1984 | दाङ्ग - DNG

असोज २०, बाँके । बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको ज्यान गएको छ । ज्यान जानेको पहिचान खुलेको छैन । पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक

Read More

दाङमा मृत भेटिएका आमा-छोरीको अवस्था रहश्यमय, अझै लास उठेन

Posted on October 05, 2018 | views : 2799 | दाङ्ग - DNG

अनिल अधिकारी | असोज १९, काठमाडौँ | दाङको बबइ गाउँपालिका–४ हसनापुरमा बिहिबार मृत अवस्थामा भेटिएका आमा-छोरीको शव अझै उठ्न सकेको छैन । आमा झुन्डिएको अवस्थामा र त्यसको झन्डै २५ फिट तल तीन बर्षीय बालिका मृत अवस्थामा छिन् । २४ वर्षीया सरस्वती पुनमगर झुन्डिएको अवस्थामा र उनकी तीन वर्षीया छोरी कृतिका हराएको

Read More

दाङमा उपभोग्य सामग्रीको मूल्य बढ्यो

Posted on October 05, 2018 | views : 1767 | दाङ्ग - DNG

असोज १९, तुलसीपुर | दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ ।  एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका

Read More