चारवर्षदेखि बाढि पीडितलाई सहयोग नहुँदा बाह्रैमास विपतको त्रासमा बस्दै स्थानीय

Posted on: 28 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । मालिकार्जुन गाउँपालिका ६ भोल्यानीकी लिला लुहारले घरभित्र बस्न छोडेको ४ वर्ष पुग्यो । अहिले पनि यिनको परिवार घरभित्र निर्धक्क बस्न सकिरहेको छैन । २०७० सालमा महाकाली नदीमा आएको बाढीले यहाँको जमिनमा दरार पर्नुका साथै घर चर्केका छन ।  डेढ दर्जनभन्दा बढी घरपरिवार रहेको उक्त ठाउँका स्थानीयहरु विगत ४ वर्षदेखि बाढीको त्रासमै बसिरहेका छन । बाढीले घरको आँगन भत्केको र घर चर्केपछि घरभित्र बस्न छोडेको उहाँको भनाइ छ ।

बाढी आएको वर्ष आँगनको डिल लग्यो । दोस्रो वर्ष आँगनको आधा भाग र यो वर्ष बर्खामा आगन पुरै भत्केको छ । आफ्नो घर छोडेदेखि आफन्तको घरमा बस्दै आएको र गत वर्ष उक्त घर पनि चर्किन थालेपछि बाहिरै बसिरहेका छौं । बर्खाबाहेकको समयमा यही पालमुनि बसिरहेका छौं । वर्षातमा महाकालीमा पानीको सतह बढ्नेबित्तिकै ओछ्यान, लुगाफाटो, गुन्टा कस्नुपर्ने अवस्था छ । पालभित्र बस्न पनि डराउनुपर्छ ।


घर खेत पुरै बाढी आएदेखि चर्केर दरार परेको छ । यहाँको समस्या अवलोकन गर्न धेरै सरकारीरगैरसरकारी अधिकारीहरु आए पनि आफूहरुले ४ वर्षदेखि बाढी, पहिरो र खानेपानीको साह्रै समस्या भोग्दै आएको पुष्पादेवी टमटाले बताउनुभयो ।

बाढीपछि यहाँका मुहानको पानी सुकेको हुनाले हिउँद र सुक्खायाममा खानेपानीको चर्को समस्या भोग्नुपरेको भोल्यानीवासीको गुनासो छ । गाईभैंसी र सरसफाइ गर्न महाकाली नदी र खोलाबाट पानी बोकेर पूर्ति गरिरहेको र मानिसलाई भने खानेपानीको ठूलै समस्या रहेको स्थानीय नरिराम टमटाले बताउनुभयो । अहिले नदी छेउँका समुदायलाइ लक्ष्यित गरी जनचेतनामुलक र भैतिक पुर्बाधारका योजनाहरु निमार्ण गर्ने गरी टोसा परियोजना लागु भएको छ ।

स्विजरल्यान्ड सरकारको सहयोगमा दार्चुलाको महाकाली नदीसंग जोडिएका महाकाली नगरपालीका, ब्यास गाउँपालीका, दुहु गाउँपालीका, मालीकार्जुन गाउँपालीका र लेकम गाउँपालीका गरी ५ ओटा गाउँपालीकामा यो कार्यक्रम सञ्चालन भइरहेको हो । यो कार्यक्रमले यस्ता समस्यामा परेका र वास्तबिक पिडितहरुका समस्या समाधान गर्नतर्फ ध्यान दिनु आबश्यक रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!