नेकपाका नेता ठगुन्ना काँग्रेसमा प्रवेश, कम्युनिष्टलाई कमाउनिष्ट भएको आरोप

Posted on: 13 Jun, 2018

लोकेन्द्र प्रशाद जोशी/जेठ ३०, दार्चुला । दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता ललित सिंह ठगुन्ना 'प्रविण' नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले ठगुन्नालाई मंगलबार एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन् ।


लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशिल हुन नसकेका ठगुन्नालाई तत्तकालीन नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओबादी जनयुद्धकाल लगातार २० वर्ष कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्ना तत्कालीन नेकपा माओबादी केन्द्र दार्चुला जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज, दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहदै पार्टीको पोलिट ब्युरो सम्मको जिम्मेवारी पाएका थिए । 


पछिल्लो समय नयाँ शक्ति पार्टी नेपालको जिल्ला संयोजक भएका थिए । नयाँ शक्ति पार्टीलाई जिल्लामा क्रियाशिल बनाउन नसकेपछि ठगुन्ना पुन: नेकपा माओवादी केन्द्रमै फर्किएका थिए । पार्टी भित्र प्रदेश तथा स्थानीय तह निर्वाचनमा काग्रेसलाई सघाएको भन्दै आरोप खेपेका ठगुन्नालाई माओवादी केन्द्रले कार्वाही गर्ने तयारी गरेपछि नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि नेपालमा कम्युनिष्ट आन्दोलनको उपहास भएको र नाम मात्रको देखावटी भएको प्रतिक्रिया दिदै उहाले भन्नुभयो:- ‘नेपालमा अब कम्युनिष्ट रहेन केवल कमाउनिष्ट भएको आरोप लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!