समृद्धिका लागी बन्यजन्तु संरक्षण नाराका साथ २३ औ बन्यजन्तु सप्ताहा सुरु

Posted on: 14 Apr, 2018

लोकेन्द्र प्रशाद जोशी | वैशाख १, दार्चुला । समृद्धिकालागी बन्यजन्तु संरक्षण मुल नाराका साथ सनिबारदेखी देशभर २३ औ बन्यजन्तु सप्ताहा उद्घाटन भएको छ । हरेक बर्ष बैसाख १ देखी ७ गतेसम्म मनाइदै आएको सप्ताहा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला र राखुपा उपभोक्ता समितिको आयोजनामा उद्घाटन भएको छ ।

कार्यक्रमका सहभागिहरुले बन्यजन्तु संरक्षणका कार्यक्रम औपचारीकतामा मात्र सिमित हुने तथा बन र बन्यजन्तु संरक्षणको क्षेत्रमा प्रभाबकारीता नहुने बिगतको इतिहासको निरन्तरता मात्र भएको भन्दै गाउँस्तरसम्म जनचेतनामुलक प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न महाकाली नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष कल्यानसिह कुवरले सुझाब दिनुभयो । संरक्षण क्षेत्रभित्रका अधिकासं सामुदायिक बनहरुको दर्ता नबिकरण नहुदा उपभोक्ता समिति र स्थानियहरुलाइ समस्या भएको भन्दै सामुदायिक बनहरु नबिकरण गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संरक्षण क्षेत्रभित्र पाइने प्राकृतिक सम्पदा र बन्यजन्तुहरु लोपोन्मुख अवस्थामा पुगेकोप्रति ध्यानआकर्षण गराउँदै गाउँगाउँमा सचेतनामुलक कार्यक्रम गरेर संरक्षणको क्षेत्रमा भुमिका खेल्न सुझाब दिनुभएको छ । संरक्षणको क्षेत्रमा खेल्नुपर्ने भुमिकामा संरक्षण क्षेत्र र परिषदका कमिकमजोरीहरु बढ्दै गएको भन्दै उहाँले इमानदारीतापुर्बक साचो अर्थमा संरक्षणको क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

यस्तै जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले अपिनाम्पा संरक्षण क्षेत्र बन्यजन्तु संरक्षण गर्नेभन्दापनि गोष्ठी, सेमिनार, बैठकहरुमा बढी खर्च गर्ने कार्यालयको रुपमा चिनिएको भन्दै आलोचना गर्नुभएको छ । बन्यजन्तुको संरक्षण गर्न बनजंगल संरक्षणमा ध्यान दिन उहाँले सुझाब दिनुभयो । बिगतको तुलनामा संरक्षण क्षेत्र स्थापना भएपछि बनसम्पदा, चरन क्षेत्र, पानीका मुलहरु सुक्न थालेको स्मरण गराउँदै उहाँले बनस्पतिहरुको नर्शरी निमार्ण गरेर बृक्षारोपणमा ध्यान दिन कार्यालयलाइ आग्रह गर्नुभयो । भाबि पुस्तालाइसमेत प्रेरणा मिल्नेगरी संरक्षणमा नमुना काम गर्न जिम्मेवारीपुर्बक काम गर्न उहाँको सुझाब छ ।

सम्वन्धीत क्षेत्रका सरोकारवाला ब्याक्तीहरुसम्म यस्ता कार्यक्रमहरु पुग्ने नगरेको हुदा सदरमुकाममा औपचारीकतामा सिमित कार्यक्रमहरु गरेर फाइदा नहुने सहभागिहरुको धारणा छ । कार्यक्रमलाइ सम्बोधन गर्दै राखुपा उपभोक्ता समिति अध्यक्ष ललीत सिह बोहराले बन्यजन्तुहरु लोभ भइरहेको अवस्थामा गाउँबस्तिबाट युवाहरु परिचालन गरेर बन्यजन्तु संरक्षणको अभियानमा लाग्नुपर्ने बताउँनुभयो ।

बन तथा बन्यजन्तु चोरी, सिकारी, अखेटोपहार, बनमा पासो थाप्ने लगायता गतिबिधि हुने गरेको भन्दै बन्यजन्तुको संरक्षणमा सबैको ध्यान जानु जरुरि रहेकोमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । सनिबारदेखी ७ गतेसम्म बिभिन्न सचेतनामुलक कार्यक्रम गरेर संरक्षण साप्ताहा मनाइने आयोजक अपिनाम्पा संरषण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!