लुगा सिलाएरै आत्मनिर्भर बन्दै दार्चुलाका दलित महिलाहरु

Posted on: 20 Apr, 2018

लोकेन्द्र प्रशाद जोशी/वैशाख ७ दार्चुला । वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाका दलित महिलाहरु लुगा सिलाएर आत्मनिर्भर बन्ने अठोटका साथ सिलाइकटाइ सिकिरहेका छन । 


जनचेतना अभाब र विभिन्न समस्याका कारण सानै उमेरमा विवाह गरेर पढाई छोडेका केहि महिलाहरुले सिलाइकटाइबाटै आत्मनिर्भर बन्न सकिने आत्मबिस्वासका सिलाइ सिकिरहेका छन । घाँस दाउरा गर्दै जीवन जीउँदै आएका दार्चुलाका दलित महिला तथा युवतिहरु अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बन्ने बाटोमा लागेका हुन ।

बिगतदेखी समाजमा पछाडि परेका दलित समुदायका युवति तथा महिलाहरुले सानै उमेरमा बिबाह गरेर पढाइ छोड्ने गरेका छन ।

 बेरोजगारी, अशिक्षाका कारण उनिहरुले अहिलेसम्म समाजमा अगाडि बढ्न नसकेको अवस्था छ । तर अहिले बिभिन्न संघसंस्था तथा कार्यालयहरुको सहयोग पाउँन थालेपछि स्वरोजगार बनेर आत्मनिर्भर बन्ने अठोट उनिहरुको छ । 

जिल्ला घरेलु तथा उद्योग बिकास कार्यालयको दलित लक्ष्यित बार्षीक कार्यक्रम भगत सर्बजित सीप बिकास प्रबद्र्धन कार्यक्रमको आयोजनामा सञ्चालीत सिलाइकटाइ तालीममा सक्रिर्य सहभागिता जनाएर सिप सिक्नमा महिलाहरु ब्यस्त छन ।

सानै उमेरमा बिबाह गरेर कक्षा १० मै पढाइ छोडेका महाकाली नगरपालीका ४ बंगाबगडका कलावति पार्कीको दुइ बच्चासहित ४ जनाको परिवार छ । तर परिवारमा कमाउँने कोहिपनि नहुदा घरखर्च धान्न मुस्कील हुनेगरेको छ । बालबच्चा हुर्काउँन र घरखर्च चलाउँने माध्यम को खोजि गर्ने क्रममा उहाँले सिलाइकटाइ रोज्नुभएको छ  । सिलाइ सिकेर ब्याबसायकै रुपमा अगाडि बढाउँने उनको उठोट छ ।

महाकाली नगरपालिका ८ धापका १९ बर्षीय कमला लुहारले पनि कक्षा १० बाटै पढाइ छोडिसक्नुभएको छ । सानै उमेरमा बिबाह गरेका कारण उनले थुप्रै समस्याहरुसंग पैठेजोरी खेल्नुपर्यो । अशिक्षा गरीबि बेरोजगारीका कारण दलित महिलाहरु प्छि परेको भन्दै अब केहि गर्ने दिन आएको उनि बताउँछिन । अरुसंग सहयोग माग्नुभन्दापनि आफै स्वरोजगार एब. आत्मनिर्भर बनेर आफ्नै खुट्टामा उभिने अठोट लुहारको छ ।

फागुन ८ गतेदेखी सञ्चालीत उक्त ३ महिने सिलाइकटाइ तालीममा सहभागि भएर महिला मात्रै हैन बिद्यार्थी र युवतिहरुले समेत सिलाइकटाइ सिकिरहेका छन । कक्षा १२ मा अद्ययनरत लक्ष्मी ओखेडाले समेत सिलाइ सिकेर स्वरोजगार बन्ने उदेश्य लिनुभएको छ ।

दलित महिलाहरुले परिवार समाजबाट सहयोग नपाउँदा पछि परेको उनिहरुले बुझेका छन । आफैबाट सुरु गरेर समाज परिवर्तनको अभियानमा लाग्न सके देशकै मुहार फेरीने महिलाहरुले उच्च मनोबल बोकेका छन ।

जनचेतना अभाब र बिभिन्न समस्याका कारण सानै उमेरमा बिबाह गरेर पढाई छोडेका महिलाहरुले सिलाइकटाइबाट सीप सिकेर व्यवसाय सञ्चालन गर्नसके अरुको सहारामा बाँच्नु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!