अपडेट: एम्बुलेन्स दुर्घटनामा घाईते सबैलाई अञ्चल अस्पताल रेफर गरियो

Posted on: 27 May, 2018

लोकेन्द्र प्रशाद जोशी/जेठ १३ दार्चुला । बैतडीको धरमघरमा एम्बुलेन्स दुर्घटनामा परी आइतबार बिहाँन घाईते भएका चारै जनालाई  महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा रेफर गरिएको छ । 


रेफर गरिने घाईतेहरुमा दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, ४० बर्षीय देवदत्त भट्ट, १८ बर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुरका २४ बर्षीय गोविन्द धामी रहेका छन् ।

घाईते चारै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा कञ्चनपुर रेफर गरिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ  । दार्चुलाबाट बिरामी बोकेर शनिबार राती धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान २ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको एम्बुलेन्स क्षतिग्रस्त भएको छ । दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!