जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा

Posted on: 17 Jul, 2018

लोकेन्द्र प्रशाद जोशी, साउन १, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला फ्रि वाइफाइ जोन क्षेत्र घोषणा भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थितिमा फ्रि वाइफाइ जोन भएको घोषणा गर्नुभएको हो ।


हाई स्पिड क्षमताको वाईफाइ लाइन जडान गरीएसंगै जिल्ला प्रशासन कार्यालय परिसरमा निशुल्क इन्टरनेट चलाउँन सकिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय नामको आइडिमा हाम्रो पेपर पासपोर्ड थिच्दा निशुल्क इन्टरनेट सञ्चालन हुने उहाँको भनाई छ । जिल्लामा उपलब्ध भएको उच्च क्षमताको इन्टरनेट लाइन जडान गरीएकोले फ्रि वाइफाइ सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले बिश्वास ब्यक्त गर्नुभयो । सूचना प्रबिधिले संसार नै गाउँमा परिणत भइरहेको बेला सूचना समाचार र समाजिक सञ्जालमा जोडिनको लागि कार्यालय परिषर फ्रि वाइफाई जोन बनाइएको हो ।


देशका बिभिन्न जिल्ला प्रशासन कार्यालयहरु प्रबिधिमैत्री बनिरहेको अवस्थामा दार्चुला जस्तो बिकट र प्रबिधिको बिकासमा सुगम जिल्लाहरुको तुलनामा धेरै पछि परेको जिल्लामा समेत प्रबिधिको उच्चतम प्रयोग गर्ने प्रयास स्वरुप निशुल्क वाइवाइ जडान गरीएको सूचना अधिकारी जोशीले बताउँनुभयो । काम बिशेषले कार्यालयमा गएकाहरुले समेत फुर्सदको समयमा इन्टरनेट निशुल्करुपमा सञ्चालन गर्न सक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा सिसिटिभि, डिजिटल नागरीक वडापत्र लगायत प्राबिधिक उपकरणहरु समेत जडान भएर सञ्चालनमा रहेका छन ।  कार्यालय समय १० देखि ५ बजेसम्म सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट चलाउन सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!