६०औं सहकारी दिवस दार्चुलामा पनि मनाइयो

Posted on: 03 Apr, 2017

लोकेन्द्र प्रशाद जोशी/चैत २१, दार्चुला । ६० औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी दार्चुला जिल्लामा समेत मनाइएको छ । 

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ यस बर्षको सहकारी दिवस भव्यताका साथ मनाइएको हो । दिवसको अवसरमा बिभिन्न सहकारी सम्बन्धी नारासहित बजारमा प्रभात फेरी र्याली निकालिएको थियो । बिभिन्न सहकारी संघ संस्था आबद्ध सहकारीकर्मी र सरोकारवालाहरुको सहभागीतामा आयोजित र्याली पश्चात कोषसभाको आयोजना गरीएको थियो । 

कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बाशु प्रशाद कोइरालाले सहकारीको बिकासले गाउँमा बिना धितो खोजेको बेला रिण नपाइने अवस्थाको अन्त्य भएपनि सहकारीहरुले सहकारी स्थापनाको मुलमर्म पुरा गर्न नसकेको गुनासो ब्यक्त गर्नुभएको छ । उहाले सहकारीको रकम आर्थीक बिकास भन्दापनि समाजिक कार्यमा बढी लगानी भएको भन्दै सहकारीको उदेश्य पुरा गर्न अनुगमन नियमनको पाटोलाइ समेत ध्यान दिनुपर्ने बताउँनुभयो । 

यस्तै कार्यक्रममा डिभिजन सहकारी कार्यालय बैतडिका प्रमुख एब. सहकारी अधिकृत बाशुदेब भन्डारीले सहकारीमा संगठित रुपमा आवद्ध झण्डै ६० लाख जनसंख्या मध्ये झण्डै ५१ प्रतिशत महिला रहेकोभन्दै महिला ससक्तीकरणमा सहकारीको महत्तपुर्ण भुमिका रहेको बताउँनुभयो । सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक उपार्जन, गरिबी निवारण जस्ता काम भएपछि महिलाहरु  आर्थिकरुपमा सशक्त हुने क्रम बढेको भन्डारीको भनाइ छ । हाल देशभर विभिन्न विषयका करिब ३४ हजार सहकारी संघ/संस्था रहेका छन् । 

दार्चुला जिल्लाको सदरमुकाममा सहकारीको बिकासक्रम सन्तोसजनक भइरहेको भएपनि मार्मा र लेकम क्षेत्रमा सहकारीहरु निष्कृर्य अवस्थामा रहेको पाइएको भन्डारीले बताउँनुभयो । मानसिहरुमा सहकारीको अबधारण बिकास र चेतना बिस्तारकोलागी आवश्यकता अनुसार तालीम र प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्न सकिने बताउँनुभएको छ । 

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका अध्यक्ष धन राज जोशीले स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारी वृद्धि, उत्पादन गर्दै गरिबी न्यूनकरणमा सहयोग पुगेको बताउनुभएको छ । अझ सहकारीलाई व्यवस्थित गर्दै दीगो विकास लक्ष्य प्राप्त गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । हाल दार्चुला जिल्लामा १ सय ३० सहकारी संस्थाहरुमा लगभग २० हजार मानीस आबद्ध रहेका छन ।  

१५ करोड बचत संकलन भएको र २० करोड रिण लगानीमा रहेको जोशीले बताउँनुभयो । रिण लगानिको स्रोत बचत संकलनका साथै सेयर लगानी र बाह्य रिणसमेत रहेका छन । हरेक ब्याक्ती ब्याक्ती र परिवार परिवारसम्म पुग्न सक्ने संस्था सहकारीमात्र भएकोले अगामी दिनहरुमा स्वाधिन अर्थतन्त्रकालागी उत्पादनमुलक क्षेत्रमा पुजि परिचालन गरेर उत्पादनमा सहकारीका अभियान्ताहरुले जोड दिनुपर्नेमा उहाले जोड दिनुभएको छ । 

कार्यक्रममा सहकारी आवद्ध सदस्य एब. पदाधीकारीहरुले सहकारीले जिबनस्तर सुधारमा सहयोग पुगेको बताउँदै अझै सहकारी बिकासका लागी तालीमहरुको आयोजना हुनुपर्ने माग गरेका छन । 

यसैबिच डिभिजन सहकारी कार्यालय बैतडिले सहकारी दिवसको अवसरमा नगद सहित प्रमाणपत्र प्रदान गरेर १ जना उत्कृष्ट कर्मचारी र एउटा उत्कृष्ट सहकारीलाइ सम्मानित गरेको छ । सम्मानित हुनेमा डिभिजन सहकारी कार्यालय बैतडिका सहकारी निरिक्षक दुर्गा सिह धामी र सहकारीमा भगवति बिकास बचत तथा रिण सहकारी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!