अझै लेकम गाउँपालीका वडा कार्यालय उद्घाटनमै

Posted on: 09 Apr, 2017

लोकेन्द्र प्रशाद जोशी | चैत २७, दार्चुला | लेकम गाउँपालीकाको वडा नम्बर ६ को वडा कार्यालय आइतबारमात्र उद्घाटन भएको छ । साबिकको रिठाचौपाता गाबिसको वडा नम्बर १, ४, ५, ६ र ७ नम्बर वडा मिलाएर गाउँपालीकोको वडा निर्धारण गरीएको हो । 

वडा कार्यालयका सचिब दिर्घमति जोशीको अध्यक्षता तथा लेकम गाउँपालीकाका कार्यकारी अधिकृत दिपक कुमार नेपालीको प्रमुख आतिथ्यतामा उचाकोटमा कार्यालयको उद्घाटन गरीएको हो । दार्चुला जिल्लामा संघिय संरचनाअनुसार ७ गाउँपालीका र २ नगरपालीका गरी ९ स्थानीय तह निर्धारण भएपश्चात कार्यालयहरुमा कर्मचारी खटाउँने र उद्घाटन गर्ने क्रम जारी रहेको छ । यसअघिनै कार्यालय उद्घाटन गरेर नयाँ कार्यालयहरुबाट सेवा प्रबाह गर्नुपर्ने भएपनि कर्मचारी समयमै कार्यालयमा नपुग्दा कार्यालय उद्घाटनमै ढिलाइ भएको हो । अझैपनि वडा नम्बर ५ कै सचिब जोशीले ६ मा समेत अर्को बिकल्प नहुदासम्मकालागी काम गर्ने सहमति गरेर कार्यालयको उद्घाटन गरीएको हो । 

यस्तै निर्बाचन आचारसंहिता लागु भइसकेको अवस्थामा राजनितिक दलका नेता कार्यक्रताहरुसमेत कार्यक्रमहरुमा सहभागी भइरहेका छन । आइतबार भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा समेत प्रमुख तिन दलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लेकम गाउँपालीकाको वडा नम्बर २ अझै उद्घाटन हुन बाकी नै छ । २ नम्बर वडाको सोमबार उद्घाटन गर्ने कार्याक्रम रहेको अधिकृत नेपालीले बताउँनुभयो ।

यसैबिच लेकम गाउँपालीकामा राजनितिक दलहरुले चुनाबि चहलपहलमा समेत तिब्रता दिएका छन । खासगरी प्रमुख दलहरु नेपाली काग्रेश, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले आफ्नो पक्षमा जनमत आकर्षण गर्न बिभिन्न एजेन्डाहरु सहित जनताको घरदैलो धाउँन थालेका छन । नेकपा एमालेले लेकम गाउँपालीका एमालेको आधार इलाका भएको र स्थानिय तहको निर्बाचनमा आफ्नो जित शुनिश्चित रहेको दाबि गर्दै चुनाबि प्रचारमा लागेको छ । गत संबिधान सभा निर्बाचनको २०७० को मत परिणाम हेर्दा लेकम गाउँपालीकामा नेकपा एमाले नै अगाडि देखीन्छ । तर नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रले समेत अहिले पहिलेको भन्दा अवस्था फरक रहेको भन्दै आफुले जित्ने दाउँमा चुनाबि प्रचारमा लागेका छन । तर जनताहरुले भने सबैको भावनाको कदरगर्ने, बिकासप्रेमि नेताहरुलाइ मत दिने बताएका छन । लेकममा नेकपा संयुक्तले समेत उम्मेदबारी दिनेगरी तयारी भइरहेको जनाएको छ । निर्बाचनमा कसलाइ उम्मेदबार बनाउँदा जित्न सकिन्छ, भनेर तिनै पर्टीका नेताहरुले जनताको बिचार समेत गाउँमा बुझ्ने क्रममा रहेको बताएका छन । तर आकाङक्षि बढि देखीएको भन्दै कुनैपनि पार्टीहरुले उम्मेदबार वडा तहदेखीनै टुङगो लगाउँन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!