दार्चुलामा चालु आर्थीक बर्षको ९२ प्रतिशत पुजिगत बजेट खर्च

Posted on: 16 Jul, 2017


लोकेन्द्र प्रशाद जोशी/साउन १, दार्चुला । दार्चुलामा आर्थिक वर्ष २०७३/०७४ को पुँजीगत बजेट ९२.६ प्रतिशत खर्च भएको छ । 

यस वर्ष कुल १ अर्ब ३ करोड ५ लाख ३ हजार ४ सय ३ रुपैया पुजिगत बजेट रहेकोमा ९५ करोड ४२ लाख ४५ हजार ५ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ । 

बिगत १० बर्षहरुको तुलनामा यसबर्ष पुजिगत खर्च दर बढी रहेको हो । चालु आर्थीक बर्षमा संघिय संरचनाअनुसार निमार्ण भएका नगरपालीका गाउँपालीकाहरुकालागी बिनियोजन भएको करोडौ बजेट समेत खर्च नगरेर पनि खर्चमा जोडेकोले पुजिगत खर्च बढेको हो । 

आर्थिक बर्षको अन्त्यमा आएर धमाधम बजेट खर्च भएको र गाउँनगरमा गएको बजेट खर्च नै नगरी खर्चमा हिसाब गरीएकोले खर्चदर बिगत बर्षहरुको तुलनामा बढेको हो ।

यस्तै सरकारको दैनिक कार्य सञ्चालनका लागि छुट्याइएको चालु बजेट झन्डै ९५ प्रतिषत खर्च भएको छ । जिल्लाको चालुतर्फ कुल २ अर्ब ७६ करोड ५० लाख ९४ हजार ६ सय २९ रुपैया रहेकोमा २ अर्ब ६२ करोड ४१ लाख ८३ हजार १ सय ९१ रुपैया खर्च भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!