पानीको सामुदायिक सदुपयोग सचेतना गोष्टी धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न

Posted on: 28 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । दक्षिण एसियाली अन्तरदेशीय सिमा नदीको पानीको सामुदायिक सदुपयोग सम्बन्धि सचेतना गोष्ठी धनगढीमा सम्पन्न भएको छ । निति निमार्ण कर्ताहरुको सहभागितामा अन्तर देशीय परियोजनाको कार्यान्वयन सफलता पूर्बक सघाउँन ६ बुदे प्रतिबद्धतासहित धनगढी घोषणापत्र २०७४ जारी गर्दै गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीले अन्तरदेशीय सीमाको रुपमा रहेको महाकाली तथा यसका सहायक नदीहरुको बेसीन क्षेत्र नेपाल र भारत तर्फ अर्थात वारी र पारी किनारमा बसोबास गरिरहेका समुदायले भोगीरहेका विद्यमान समस्या निदान गर्न तथा उनीहरुको जीवीकोपार्जनमा सुधार गर्न आ आफ्नो तर्फबाट आवश्यक नीती र कार्यक्रम मार्फत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता गरेको छ ।

यस्तै प्राकृतिक स्रोत साधन मध्येको मानव सभ्यतासँग जोडीएको नदी प्रणलीको उचित सदुपयोग गरी दिगो वयवस्थापन गर्न सो महाकाली नदीको स्रोतको निकासी, जैविक विविधता संरक्षण र स्थानीय नदी किनारका समुदायको उच्च प्राथमिकता जस्ता बिषयमा आवश्यक अध्ययन गरी तटिय जनता मैत्री तथा दिगो विकास र व्यवस्थापनका लागि संस्थागत रुपमा नीति निर्माण र कार्यानवयन मार्फत सहयोग गर्ने प्रतिबद्धता गरीएको टोसा कार्यक्रम सञ्चालनमा दार्चुला साझेदार संस्था संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनुभयो ।

स्थानिय सरकारहरुको निर्माण भई रहेको कार्य गरिरहेको अवस्थामा महाकाली नदी तटिय एवं प्रभावित क्षेत्रका संकटापनन समुदायको पानी माथीको सुशासन र सामुदायिक विकासका लागि एक आपसमा सहयोग सहकार्य गरी आवश्यक भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरीएको छ । महाकाली नदी तटिय एवं प्रभावित क्षेत्रमा बसोबास गरिरहेका समुदायका महिलाहरुको शशक्तिकरण र उनीहरुको पानी माथीको अधिकार प्राप्तीका लागि नागरिक संघ संगठन र सरकारी तथा गैरसरकारी निकायहरु मिलेर सामुहिक प्रतिबद्धता गरीएको समेत जोशीले बताउँनुभयो ।


महाकाली नदी बेसिनको संरक्षण, सदुपयोग र समग्र विकास गर्नका लागि नेपाल सरकार प्रदेश सरकार स्तरीय महाकाली नदी बेसिन बिज्ञ आयोग गठनका लागि सरोकारवाला निकायहरुसँग छलफल गरी पहल कदमी गर्न आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता गरीएको छ । यस्तै महाकाली नदी बेसिनको संरक्षण, सदुपयोग र समग्र विकास गर्न नेपाल र भारत बिच भएको महाकाली सन्धिमा उल्लेखित दुई देशिय महाकाली नदी आयोग गठनका लागि नेपाली सरकारलाई अनुरोध गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै गोष्ठी सम्पन्न भएको जोशीले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!