दार्चुलामा भन्सारबाट एक बर्षमा ३३ लाख बढी राजस्व संकलन

Posted on: 18 Jul, 2018

लोकेन्द्र प्रसाद जोशी, साउन २, दार्चुला । आर्थिक बर्ष २०७४/०७५ मा छोटी भन्सार शाखा कार्यालय दार्चुलाले कुल ३३ लाख बढि राजस्व संकलन गरेको छ । एक बर्षको अवधिमा खलंगा भन्सार कार्यालयले खासगरी भारतिय बजार धारचुला हुदै खलंगा भित्रिने सामानबाट कुल ३३ लाख २० हजार ३८ रुपैया राजस्व संकलन गरेको हो ।

छोटि भन्सार शाखा कार्यालय खलंगाको तथ्याङक अनुसार २०७४ साल साउन महिनामा १ लाख ९० हजार ७१ रुपैयाँ, भाद्र महिनामा १ लाख ८८ हजार ९ सय ८४ रुपैयाँ, असोज महिनामा २ लाख ४४ हजार ७ सय ७३ रुपैयाँ राजस्व उठेको छ । यस्तै कार्तिक महिनामा २ लाख २४ हजार १ सय ६१ रुपैयाँ, मंसिर महिनामा १ लाख ७९ हजार ३ सय ३ रुपैयाँ र पुष महिनामा १ लाख ७१ हजार ३ सय २ रुपैयाँ राजस्व संकलन भएको छ ।


यस्तै माघ महिनाको अवधिमा ३ लाख १८ हजार ६ सय ७५, फागुन महिनामा ३ लाख १४ हजार ७ सय २ रुपैयाँ र चैत्र महिनामा २ लाख ९२ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ । २०७५ बैसाख महिनाको अवधिमा ३ लाख ९२ हजार ३ सय ४३ रुपैयाँ, जेष्ठ महिनामा ३ लाख ४८ हजार ५७ रुपैया र असार महिनामा ४ लाख ५४ हजार ७ सय ९७ रुपैयाँ राजस्व संकलन भएको छोटी भन्सार शाखा कार्यालय दार्चुलाका कार्यालयका निमित्त प्रमुख नरसिह बडालले जानकारी दिनुभयो । असार महिनामा दार्चुलाबाट भारत निर्यात भएको खरीबाट मात्रै तिनलाख रुपैया राजस्व उठेको छ ।

भारतबाट आयात हुने चिनि, मिश्री, प्लाष्टीकका जुत्ता चप्पल, सिमेन्ट, आल्मोनियमका भाडाकुडाहरु, टायल जस्ता सामानहरुमा राजस्व लाग्ने गरेको छ । बिगतको जस्तो फलामका सरिया र सिमेन्टभने भारतबाट आयात हुन छोडेको छ । सरियामा जिएसटि लाग्न थालेपछि भारतिय सरिया आउँन छोडेको हो । साथै सडक पहुच बिस्तार भएसंगै नेपालकै सरिया  सस्तो मुल्यमा सहज उपलब्ध हुनथालेपछि भारतीय बजारबाट सरिया ल्याउँन छोडेको ब्यपारीहरु बताउँछन ।

खलंगा बाहेक दार्चुला जिल्लामा बिगतमा सञ्चालनमा रहेका दत्तु, जौलजिबि र तिकंर भन्सार शाखा कार्यालयहरु द्धन्दकालदेखी बन्द रहेकाछन् । साथै सितापुल भन्सार धेरै बर्षदेखी सञ्चालनमा आउँन सकेको छैन । नेपाल भारत समान बढी मात्रामा आयात निर्यात गरीने दत्तु, जौलजीबि नाकामा भन्सार नहुँदा मुलुकले लाखौ राजस्व गुमाउँनु परेको छ । साथै पछिल्लो समय निमार्ण भएको तिग्रम पुल र नेपाल भारत आवतजावत हुने स्थानहरुमा समेत भन्सार कर्मचारी खटाउँन राजस्व संकलनमा बृद्धि हुने अवस्था रहेको छ ।

चिन र भारतसंग त्रिदेशीय ब्यापार गर्न सकिने तिकंर नाकालाइ बैधानिक रुपमा सञ्चालन गरेर भन्सार स्थापना गरे लाखौ राजस्व उठ्ने स्थानिय बताउँछन । ब्याबसायिहरुले चाहेर समेत सरकारलाइ कर तिर्न नसकेको र नेपालतर्फ भन्सार स्थापना नहुदा भारतिय पक्षलाइ दोहोरो कर तिर्नुपर्ने समस्यामा आफुहरु रहेको बताउँने गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!