यार्सा सङ्कलन गर्न गएका दार्चुलाका एक युवकको लडेर मृत्यु

Posted on: 15 May, 2017

लोकेन्द्र प्रशाद जोशी/जेठ १, दार्चुला । अपि हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको लागी गएका एक युवाको लडेर ज्यान गएको छ । 

अपी हिमाल गाउँपालीका वडा नम्बर ३ खण्डेश्वरी अन्तर्गत पर्ने पाथाको घट्टे खोलामा यार्सागुम्बा संकलनका लागि गएका एक युवकको लडेर मृत्यु भएको हो । सोमबार बिहान यार्सागुम्बा संकलनको लागि जाने क्रममा १७ वर्षीय मंगलसिह मन्यालको मृत्यु भएको हो । अपि हिमाल गाउँपालिका अन्तरगतका लेकहरु सोमबार देखि नै खुलेका छन । 

विहानै झिसमिसेमा यार्सागुम्बा संकलन गर्न जाने क्रममा लडेर घाइते भएका उपचारको लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । 

मन्यालको टाउँकोमा गम्भीर चोट लागेको थियो । यस वर्षको एसइइ परीक्षा दिएर मन्याल यार्सागुम्बा संकलन गर्न लेक गएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!